होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको प्रमुख आतिथ्यतामा मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एडुकेशन अन्तर्गत विशेष आवश्यकता शिक्षा (बि.एड.) दोस्रो व्याचमा अध्यनरत १८ जना विद्यार्थीहरुलाई NORHED परियोजनाको सहयोगमा एक कार्यक्रम बीच जनही रु. चालिस हजार गरी जम्मा सात लाख बीस हजार छात्रवृति रकम प्रदान गरिएको छ ।
छात्रवृति प्रदान कार्यक्रममा उपकुलपति एवं प्रमुख आतिथि प्रा. डा. सिंहज्यूले छात्रवृति प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई दिनुका साथै प्राप्त छात्रवृति रकमको सही सदुपयोग गर्न सुझाव दिनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता पाठ्यक्रम र मुल्यांकन, शैक्षिक योजना तथा व्यवस्थापन, विज्ञान, गणित र विशेष आवश्यकता शिक्षा विभागका विभागीय प्रमुख उप.प्रा. प्रतिभा खड्काले गर्नु भएको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा ग्र्याजुएट स्कुल अफ एजुकेशनका डीन प्रा. यम बहादुर कार्की उपस्थित रहनु भएको थियो । त्यस्तै अतिथिको रुपमा प्राचार्य जसविर रोका, विभागीय प्रमुखहरु, प्राध्यापक, उपकुलपति सचिवालय सदस्य, कर्मचारी, विद्यार्थी तथा अभिभावक लगायतको उपस्थिति रहेको थियो ।