ट्रेण्डिङ

होमपेज / समाज

सुवास नेम्वाङकाे अन्तिम श्रद्धाञ्जलीमा भीम रावलकाे मर्मस्पर्शी कविता

भीम रावल

नेपालगाथा २०८० भाद्र २९ गते शुक्रबार १२:२५:०८ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले मर्मस्पर्सी कविताबाट संविधानसभा अध्यक्ष तथा पार्टी उपाध्यक्ष सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

नेता रावलले सुवास नेम्वाङको विशेषतालाई झल्कने गरी तीन हरफको कविता लेख्नुभएको छ । 

श्रद्धाञ्जली

सुन्तला बारी इलामको डाँडा अँध्यारो भयो नि 
सुवास ढल्दा ढाकियो पुष्प सुवासैं गयो नि ।
अनुहार तिम्रो अगाडि आँउछ देशको कानूनमा 
उकाला–घुम्ती कुल्चेको सँगै विगत जीवनमा ।।

पूर्व र पश्चिम जोडौं ल भन्थ्यौं हितमा समाजको
मुस्कुराइ भन्थ्यौं अपेक्षा गरौं उज्यालो आगतको ।
यात्रामा तिमी अथक सधैं गन्तब्य छुनलाई 
जनजनको मनमा बास बस्न सक्ने मानव हुनलाई ।।

सम्झना मात्र जीवित छन् अब छोडेर गइहाल्यौं 
अनन्त क्षितिज कहाँ हो विलिन क्षणभरमा भइहाल्यौं ।
सुकर्म तिम्रा मर्ममा हाम्रा सदैव रहनेछन् 
श्रद्धा सुमन अर्पण गर्छु भारी छ अति मन ।।
(मित्र कमरेड सुवासचन्द्र नेम्वाङको २०८० साल भदौं २८ गतेको अन्त्यष्टीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली सहित समर्पित । साँफेबगर, अछाम)

प्रतिक्रिया

सम्बन्धित खवर

Top