ट्रेण्डिङ

होमपेज / समाज

आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा चट्याङसहित वर्षाको सम्भावना

नेपालगाथा २०८० भाद्र २८ गते बिहीबार ०६:५२:५६ मा प्रकाशित

काठमाडाैं | आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा चट्याङसहित वर्षाको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका  पहाडी  क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भागमा आंशिक बदली रहने महाशाखाको अनुमान छ । 

यस्तै सुदूरपश्चिम, कर्णाली  र लुम्बिनी प्रदेशका  केही  स्थानलगायत देशका  पहाडी भू–भागका थोरै ठाउँमा मेघ गर्जन-चट्याङसहित  हल्कादेखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ । साथै, बाँकी  भू–भागका  एक–दुई  स्थानमा पनि वर्षा हुन सक्ने अनुमान छ ।  

यसैगरी राति देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।  कोशी,  मधेश,  बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका  एक–दुई  स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top