होमपेज / समाज
लसुनको टुप्पो एकाबिहानै खाँदा धेरै थरी रोगबाट बच्न सकिन्छ । लसुनका विशेषताको अध्ययन गर्दा यो त गजबको एन्टिबायोटिक हो भन्ने पत्ता लाग्यो । अझ खाली पेट लसुन खाँदा यसले पेटका हानिकारक ब्याक्टेरियालाई मारिदिन्छ ।
लसुनका धेरै फाइदा छन् :
- ग्यास्ट्रिकको समस्या भएकाले बिहान खाली पेटमा तातो पानीसँग लसुन खादा निकै फाइदा पुग्छ ।
- मुसा तथा फंगल संक्रमणबाट बच्नका लागि छालामा लसुन दल्न सक्नुहुन्छ ।
- छालाका अन्य धेरै रोगबाट लसुनले बचाउँछ ।
- लसुन खाँदा रक्तचाप स्थिर हुन्छ ।
- यसले हाइपरटेन्सन पनि घटाउँछ ।
- लसुनले पेनकिलरको पनि काम गर्छ ।
- शरीरको कुनै भाग सुन्निँदा पनि लसुनले फाइदा गर्छ ।
- लसुनले रगत पातलो बनाएर जम्नबाट रोक्छ ।
- लसुन नियमित खाँदा रुघाखोकी लाग्दैन ।
- स्नायुप्रणालीको गडबडीलाई पनि लसुनले रोक्छ ।
एजेन्सी