ट्रेण्डिङ

होमपेज / समाज

शिक्षकले अब राजनीति गर्न राजिनामा अनिबार्य गर्नुपर्ने

मतदानको अधिकार सुरक्षित

नेपालगाथा २०८० भाद्र २७ गते बुधबार १६:०३:२९ मा प्रकाशित

काठमाडाैं | शिक्षकले राजनीतिक दल वा दलसँग आबद्ध संगठनको सदस्यता लिन तथा राजनीतिक गतिविधिमा भाग लिन नपाउने भएका छन् । यदि राजनीतिक दलसँग आबद्ध वा संगठनमा सक्रिय भएर लाग्ने भएमा शिक्षक पेशाबाट राजिनामा अनिबार्य दिनुपर्नेछ । 

विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको छ ।

राजनीतिक पदको लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत वा चन्दा माग्न वा कुनै प्रकारको राजनीतिक क्रियाकलापमा संलग्न हुन नहुने तर आफूले पाएको मतदानको अधिकार प्रयोग गर्न सक्ने व्यवस्था प्रस्तावित विधेयकमा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top