ट्रेण्डिङ

होमपेज / समाज

उपप्रधान तथा रक्षामन्त्री खड्का डिस्चार्ज

नेपालगाथा २०८० भाद्र २४ गते आइतबार १९:३७:३९ मा प्रकाशित

काठमाडौं । प्रोस्टेटमा समस्या आएपछि भदौ १३ गते नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का डिस्चार्ज भएका छन् ।

अस्पतालका प्राविधिक सहायक रथी प्रा.डा.भरतबहादुर भण्डारीको नेतृत्वको टोलीले साेही दिन उपप्रधान एवं रक्षामन्त्री खड्काको प्रोस्टेटको सफल शल्यक्रिया गरेको थियो ।शल्यक्रियापछि स्वास्थ्य लाभ गरी उनी आइतबार डिस्चार्ज भएको अस्पतालका निमित्त प्रशासन रजिस्टार महासेनानी अञ्जनकेशर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top