ट्रेण्डिङ

होमपेज / समाज

करेला स्वास्थ्यका लागि धेरै लाभदायक

नेपालगाथा २०८० भाद्र २४ गते आइतबार १०:४८:१३ मा प्रकाशित

खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अतिलाभदायक छ। करेलाका फाइदा यस्ता छन्ः 
– शरीरमा कफ जम्मा भएमा करेला  खानुपर्छ। करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्‍याउँछ।

 – करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ। 

– करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ। 

– दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ।

– पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन्।

– बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ।

– कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ।

– डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ। यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्छ।

– करेला खाने गर्नाले रगत सफा हुन्छ। रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि पनि करेला खाने गर्नुपर्छ। 

– बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गरेमा फाइदा पुग्छ। एजेन्सीबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top