होमपेज / समाज
काठमाडौं । हाम्रो शरीरको २/३ भाग पानीले बनेको हुन्छ। पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन्। शरीरका क्रियाहरूमा अवरोध सिर्जना भएमा हाम्रो स्वास्थ्य बिग्रन्छ। तसर्थ, हाम्रो स्वास्थ्य पानीमा भर पर्दछ। प्रशस्त पानी सही समयमा र सही तरिकाले पिउने गरेमा हामी धेरै रोगबाट बच्न सक्छौँ।
हरेक दिन ३ देखि ४ लिटर पानी पिउने गर्नु शरीरको लागि राम्रो हुने चिकित्सकहरु बताउँछन्। तर पानी कति बेला र कति खाने त्यो भने जान्नुपर्छ। चिकित्सकका अनुसार खाना खाने क्रममा पानी पिउनु हुँदैन। यसो गर्नाले एसिडिटी, ब्लोटिङजस्ता समस्या हुन सक्छ। जून मानिसले खाना खाएपछि तत्काल पानी पिउँछ, उसलाई विभिन्न समस्या हुन सक्छ।
खाना खाएको कति समयपछि पानी पिउने
स्वास्थ विशेषज्ञका अनुसार खाना पचाउन करिव २ घण्टाको अवधि लाग्छ। यहीबीच पानी पिउनुको असर पाचन प्रक्रियामा पर्छ। त्यसैले खाना खाएको करीव ४५ देखि ६० मिनेटपछि मात्र पानी पिउनु पर्छ र खाना खानु आधा घण्टा पहिले पानी पिउनु पर्छ।
सही समयमा पानी पिउनुका फाइदा
१. खाना खाएको एक घण्टापछि पानी पिउनाले वजन नियन्त्रण हुन्छ।
२. सही समयमा पानी पिउनाले पाचन राम्रो हुन्छ, पाचन तन्त्र बलियो हुन्छ।
३. पेटमा ग्यास र एसिडिटीको समस्या हुँदैन।
४. शरीरले भोजनमा समावेश पोषक तत्व राम्रोसँग अवशोषित गर्छ।
५. सही समयमा पानी पिउनाले राम्रो निद्रा लाग्न पनि सहयोग पुर्याउँछ।
खाना खाँदा पानी पिउन नहुने ७ कारण
खाना खाइरहेको बेला पानी पिउनाले स्वास्थ्यमा पर्ने असर यस्ता छन्ः
१. खानासँगै पानी पिउनाले शरीरको मेटाबोलिज्म सुस्त हुन्छ । जसका कारण सरीरमा पर्याप्त उर्जा दहन हुँदैन र मोटोपना बढ्दछ ।
२. खाना खाँदै, पानी पिउँदै गर्नाले पेटमा अम्लियपना बढ्दछ । जसले एसिडिटीको समस्या आउँछ ।
३. खानासँगै पानी पिउनाले खानेकुरा राम्रोसँग पच्न पाउँदैन । जसका कारण कब्जियतको समस्या आउँछ ।
४. शरीरमा युरिक एसिडको मात्रा बढ्दछ । जसले मृगौला तथा मुटुरोगको जोखिम बढाउँछ ।
५. खानेकुरा पच्नका लागि लामो समय लाग्दछ । जसका कारण अपच हुने, पेट दुख्ने तथा पेटमा ग्यास जम्मा हुने जस्ता समस्या देखा पर्दछन् ।
६. खाना खाने बेला पानी पिउनाले टाइप टू डाइबेटिजको खतरा बढ्छ ।
७. खानामा रहेका पोषक तत्वलाई शरीरले राम्रोसँग शोषण गर्न पाउँदैन । यसले पोषणको कमी हुनसक्छ ।