ट्रेण्डिङ

होमपेज / समाज

भाइरल निमोनियाका कारण वडाध्यक्ष रिजालको निधन - ग्राण्डी अस्पताल

नेपालगाथा २०८० भाद्र २१ गते बिहीबार ११:३२:२० मा प्रकाशित

काठमाडाैं |  काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया)का कारण निधन भएको ग्राण्डी अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल निर्देशक डा विनोद बिजुक्छेले आज एक विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् ।

वडाध्यक्ष रिजालको आज बिहान ७ः३० बजे उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ । यसअघि महानगर स्रोतले डेंगु संक्रमणबाट रिजालको निधन भएको बताएको थियो । अहिले अस्पतालको आधिकारिक धारणा आएको हो । रिजाल नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top