होमपेज / समाज
काठमाडाैं | कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको यसअघि असोज ६ र ७ गते सञ्चालन हुने भनिएको परीक्षा अब ९ र १० गते हुने भएको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
एक विषयको मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले जुनसुकै विषय भए पनि परीक्षा सञ्चालन भएको पहिलो दिनमै ग्रेडवृद्धि परीक्षामा सहभागी हुनुपर्ने बोर्डले जनाएको छ ।