ट्रेण्डिङ

होमपेज / समाज

किन निदाउँछ हाम्रो हातगोडा ?

नेपालगाथा २०८० भाद्र १९ गते मंगलबार १०:११:३० मा प्रकाशित

लामो समय एउटै पोजिसनमा बस्दा गोडा निदाउँछ भने हात टेकेर वा थिचेर बस्दा पनि निदाउँछ । हातगोडा झट्कारेको केही क्षणपछि बल्ल तिनीहरू ठीक ठाउँमा आउँछन् । किन यसरी हातगोडा निदाउँछन् त ? अनि यसरी तिनीहरू निदाउनु खतरनाक त होइन ? आउनुस् जानौं यसका बारेमा ।

खासमा हाम्रो हात वा गोडामा पर्याप्त मात्रा अक्सिजन नपुग्दा तिनीहरू शिथिल हुन्छन् र यसको सन्देश मस्तिष्कमा पुग्छ । अनि मस्तिष्कले ती अंगहरूमा झनन्न उत्पन्न गरिदिन्छ र हामीलाई हातगोडा चलाउनका लागि बाध्य बनाउँछ ।

यसरी हातगोडा निदाउनु सामान्य कुरा हो । तर एक दिनमा धेरैचोटि यस्तो भयो भने र लामो समयसम्म झनन्न ग–यो भने चाहिँ चिकित्सकलाई देखाइहाल्नुपर्छ ।

यो स्लिप डिस्क, मल्टीपल स्क्लेरोसिस वा मधुमेहको कारणले भएको हुनसक्छ । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top