होमपेज / समाज
काठमाडौं । नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । उपप्रधामन्त्री खड्कालाई प्रोस्टेटको समस्या भएपछि गत बुधबार नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा भर्ना हुनुभएको थियो ।
उहाँको प्रोस्टेटको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको सो अस्पतालका चिकित्सक डा.भरतबहादुर भण्डारीले जानकारी दिनुभएकाे छ। शल्यक्रियापछि अस्प्तालकै वार्डमा रहनुभएका उपप्रधानमन्त्री खड्काको स्वास्थ्यअवस्था सुधारोन्मुख रहेको चिकित्सक प्राविधिक सहायक रथी भण्डारीले जानकारी दिनुभयो ।