ट्रेण्डिङ

होमपेज / समाज

राम्रो गरेपछि कसैले हटाउन सक्दैन - प्रधानमन्त्री प्रचण्ड

नेपालगाथा २०८० भाद्र १४ गते बिहीबार १८:०८:१५ मा प्रकाशित

काठमाडौं । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष एवम् सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राम्रो काम गरेमा आफूलाई कसैले हटाउन नसक्ने बताएका छन् । सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूले राम्रो काम गरिरहेकाे र राम्रो काम गर्दागर्दै कसैले हटाउन नसक्ने बताएका हुन् ।

आफूलाई व्यक्तिगत स्वार्थ केही पनि नभएको उनको भनाइ थियो । यो सरकार कतिसम्म चल्छ मलाई टेन्सन छैन । सरकार टिकाउन यस्तो गर्‍यो र उस्तो गर्‍यो भन्छन् त्यो वाहियात हो,’ उनले भने, ‘राम्रो काम गर्छु । जनताले हेरिरहेका छन्, राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ हेर्छु ।’

सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा बाटोमा जो आए पनि नछोड्न आफूले सीआईबीलाई निर्देशन दिएको उनले बताए । उनले अनुसन्धानका क्रममा बाटोमा प्रचण्ड देखिए प्रचण्डलाई पनि नछोड्न भनेको स्पष्ट पारे ।

‘कांग्रेस र एमालेलाई मात्रै हान्छ, आफ्ना नेतालाई छोड्छ भन्ने थियो । त्यो होइन । सीआईबीलाई अनुसन्धान गर्दै जाँदा बाटोमा प्रचण्ड देखिन्छ भने पनि नछोड भनेको छु,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top