होमपेज / समाज
तपाईंको जीवनमा सेता दाँतले व्यक्तित्व झल्काउँछ। तर जिन्दगीमा धेरै कारणले गर्दा दाँतमा समस्या आइरहन्छ । कफी, निकोटिन, चकलेट लगायतका कुरा सेवन गर्दा दाँत बिग्रन्छन् ।
तर हामीसँग भएको सरल र प्राकृतिक उपायले तपाईंलाई दाँत सेतो बनाउन मद्दत गर्छ ।
दाँत चम्काउने उपाय
यसका लागि तपाईंले टुथब्रश र कोइला लिनुपर्ने हुन्छ ।
पहिला ब्रशलाई धाराको पानीमा भिजाउनुस् ।
त्यसपछि कोइलाको धूलो ब्रशमा राख्नुस् ।
अब दाँत घोट्न थाल्नुस् ।
सामान्य तरिकाले गोलोगोलो घुमाउनुस् ।
दाँतको भित्री र बाहिरी दुवै भाग माझ्नुस् ।
शुरूमा अलिअलि कस्तोकस्तो लागे पनि सहनुस् ।
तपाईंलाई झ्याउ लाग्यो भने सामान्य टूथपेस्ट कोइलामाथि दल्नुस्।
तीनचार मिनेट घोटेपछि बिस्तारै कुल्ला गर्नुस् ।
अनि हेर्नुस् त, चमचमाउँदो सेतो दाँत । यो गजबको उपाय हो ।
महंगा तथा अस्वस्थ पेस्टहरूभन्दा कोइला धेरै गुना राम्रो चीज हो । यो उपाय अपनाउनुभयो भने एक महिनामै तपाईंका दाँत चमचम चम्किन्छन् । एजेन्सीको सहयोगमा ।