ट्रेण्डिङ

होमपेज / समाज

एमसीसीकाे विरूद्दमा काेहलपुरमा विराेध प्रदर्शन

नेपालगाथा २०८० भाद्र १० गते आइतबार २१:४४:०४ मा प्रकाशित

कोहलपुर । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) र कोहलपुर ११ मा रहेको सुकुम्वासी बस्ती हटाउने निर्णयकाे विरूद्दमा नेपाल कम्युनिष्ट पार्टी बाँकेले आइतबार विराेध प्रदर्शन गरेकाे छ।

प्रदर्शनमा सहभागीहरूले “गो ब्याक अमेरिका, अमेरिकी साम्राज्यवाद मुर्दावाद, एमसीसी मुर्दावाद, सुकुम्वासीको उचित थातथलोको ब्यबस्था गर, सुकुम्वासी पहिचान गर” जस्ता चर्का नारा लगाएका थिए । प्ले कार्ड सहित बिराेध प्रदर्शनमा उत्रिएका नेपाल कम्युनिष्ट पार्टिका कार्यकर्ताहरुले नगरका विभिन्न भाग परिक्रमा गर्दै न्युरोड चोकमा कोण सभाको आयोजना गरेका थिए ।

कोण सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टिका केन्द्रिय सदस्य नारायण सिले संसदबादी दलहरु झन पछि झन दलदलमा फसिरहेको चर्चा गर्दै आफुसंगै देशलाई समेत दलदलमा फसाएको जिकिर गरे । उनले राष्ट्रघाती एमसीसी परियोजना कार्यान्वयनका बिरुद्ध जनप्रर्दशन गर्दै फिर्ता गर्न बाध्य पारिनु पर्ने भन्दै एमसीसी देश र जनताको पक्षमा आत्मघाती भएको आरोप लगाए ।

अन्तराष्ट्रिय सहयोगका नाममा बाटो, बिद्युत बनाउने भन्ने भ्रमपूर्ण विषय बोकेर अमेरिकाले नेपालमा समेत आफ्नो साम्राज्य फैलाउदै आफ्ना सेनाहरुलाई परेड खेलाउन चाहेको कुरा संसदबादी दलहरुलाई थाहा हुँदा हुँदै पनि उनीहरु बिक्रि भईसकेकोले तैं चुप मैं चुपको अवस्थामा पुगेको उनले दाबी गरे ।

चुनावका बेला दलाल राज्यसत्ताका व्यक्तिहरूले लालपुर्जा दिनेछौं भन्दै भोट मागेको तर आज आफ्नै जनतालाई उठिबास लाउन कम्मर कसेको भन्दै कोहलपुर ११ को सबै सुकुम्बासी बसेको जग्गा पहिले नगर विकास समितीको भए नभएको लालपुर्जा सहित एकीन गरि देखाउन चुनौती दिए ।

उनले सुकुम्वासी, भूमिहिन, दलित, जनजाती र मुक्त कमैयाहरुलाई राज्यले नै थातथलोको ब्यबस्था गरिरहेको बेला समेत स्थानिय सरकारले दादागिरी शैलिमा बल प्रयोग गर्ने गरि सुचना निकालेको भन्दै खेद प्रकट गरे ।

नेपाल कम्युनिष्ट पार्टि बाँकेका सचिव कल्पना सिले समेत चरणबद्ध आन्दोलनमा आफ्नो पार्टि होमिएको भन्दै आन्दोलनको सानो आगोको झिल्कोलाई कम नआक्न सम्बन्धित निकायलाई चेतावनि दिएकी छिन । उनले मर्ने र मार्ने समय पार गरेर आएकाे उल्लेख गर्दै नेपाली जनतालाई अन्याय र अत्याचार लाद्न खाेजिए शासकहरुलाई भारी पर्ने बताईन् ।

सुकुम्बासीका नाममा राष्ट्रसेवक कर्मचारीदेखि लिएर सम्भ्रान्त परिवारका व्यक्तिले समेत नगर विकासको जग्गा अतिक्रमण गरेका आरोप छ । अहिले क्रिकेट मैदान आसपासको नगर विकासको जग्गामा ६१८ घरधुरी बस्दै आएको बताईएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top