ट्रेण्डिङ

होमपेज / समाज

डोलेश्वर मन्दिरमा आज चारै ढोका खुला

भक्तजनले शिला छोएर पूजा गर्न पाउने

नेपालगाथा २०८० भाद्र ६ गते बुधबार ११:४४:११ मा प्रकाशित

भक्तपुर | भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज मन्दिरका चारै ढोका खुला हुनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न पाइने भएको छ ।

डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गरिएको दिन भदौ ६ गते भएकाले केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मन्दिरको चारै ढोक खुला राखी भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गरिएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए । समितिले डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरको चारै ढोका खुला रहनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गर्दै आएको छ ।

यसैबीच डोलेश्वर महादेव मन्दिरमा गत साउन १ गतेदेखि सञ्चालन भएको श्रावणी मेला आज समापन हुँदैछ । 

समितिले भगवान् शिवको विशेष महिनाका रूपमा रहेको साउन महिनाको १ गते स्थानीय चन्द्रविनायक मन्दिरबाट डोलेश्वर महादेवसम्म कलशयात्रा गरी श्रावणी मेला शुरू गर्ने गरिनछ । 

आजकै दिन डोलेश्वरको विशेष पूजाअर्चना गरी मेलाको समापन गरिँदै आएको महासचिव बस्नेतले बताए । राससबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top