ट्रेण्डिङ

होमपेज / समाज

मप ग्र्याजुएट स्कुल अफ एजुकेशनकाे डीनमा प्राध्यापक कार्की नियुक्त

नेपालगाथा २०८० भाद्र ४ गते सोमबार १०:०२:१३ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयकाे ग्र्याजुएट स्कुल अफ एजुकेशनकाे डीनमा प्राध्यापक यमबहादुर कार्की नियुक्त हुनुभएकाे छ । कुइनेपानी सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालय उपकुलपतिको कार्यालयमा आइतबार आयोजित एक कार्यक्रममा उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले प्रा. कार्कीलाई नियुक्ति पत्र हस्तानान्तरण गर्नुभएको हो ।

त्यसै गरी उपकुलपति प्रा.डा. सिंहले मध्यपश्चिम विश्वविद्यालय प्राज्ञिक परिषदको सदस्य सचिव पदमा ग्र्याजुएट स्कुल अफ एजुकेशनका नव नियुक्त डीन प्रा. कार्कीलाई नियुक्त गर्नु भएको छ । यस अघि ग्र्याजुएट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सेसका डीन सह-प्रा. डा. लीलाधर तिवारीले ग्र्याजुएट स्कुल अफ एजुकेशनको समेत डीनको रुपमा कार्यभार सम्हालिरहनु भएको थियो भने प्राज्ञिक परिषदको सदस्य सचिव पदमा समेत कार्यरत रहनुभएको थियो ।

साेही अवसरमा उपकुलपति प्रा.डा. सिंहले ग्र्याजुएट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सेसका डीन सह-प्रा.डा. लीलाधर तिवारीले सम्हाल्नु भएको थप जिम्मेवारीका लागि तथा प्राज्ञिक परिषदको सदस्य सचिव पदमा रही गर्नुभएको योगदानका लागि धन्यवाद पत्र प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top