ट्रेण्डिङ

होमपेज / समाज

ट्राफिक सचेतनामा इगरब्रिजका विद्यार्थी

नेपालगाथा २०८० भाद्र ३ गते आइतबार २१:४४:३७ मा प्रकाशित

सुर्खेत । ट्राफिक र सुरक्षाकर्मीमात्र देखिने सडकमा आइतबार दिउसाे एकाएक विद्यार्थीहरू विभिन्न चोकहरुमा देखापरे। इगरब्रिज माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई असल शिक्षाका साथै असल संस्कार पनि सिकाइरहेको छ भन्ने पछिल्लो उदाहरण हो ट्राफिक सचेतना कार्यक्रम । 

किताबी ज्ञानलाई व्यवहारमा उतारेर आफूले सिकेको कुरालाई जिवन्त बनाउने अभ्यासमा इगरब्रिजका विद्यार्थीहरु लागेका छन् । विद्यालयमा स्थापना भएको इगरब्रिज जुनियर रेडक्रस सर्कलका विद्यार्थी भाइ बहिनीहरुले वीरेन्द्रनगरका विभिन्न स्थानहरु बुलबुले गेट, बसपार्क, मंगलगढी र यरिचोकमा आइतबार ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेका छन् । 

ट्राफिक र सुरक्षाकर्मीलाई सहयोग गर्न सडकमा उर्तिएका विद्यार्थीहरुले सडक लेनको प्रयोग सिकाउनुका साथै वृद्धवृद्धाहरुलाई सडक वारपार गराउने काममा समेत सहयोग गरे । वृद्ध आमालाई हातमा डोर्याउँदै सडक पार गराउँदै गरेका एक विद्यार्थीले भने, ‘हाम्रो उद्देश्य भनेको सडक दुर्घटना कम गराउनका लागि सवारी चालक र पैदल यात्रुहरुलाई सचेतना जगाउनु हो । सडकमा सवारी चालक र पैदल यात्रु दुवैको सानो गल्तीले ठूलो दुर्घटना हुने हुँदा त्यस्तो गल्ती कोही कसैबाट पनि नहोस् भन्ने हाम्रो चाहना हो ।’

सडकको जेब्रा क्रसमा सवारी साधनहरु तिब्र गतिमा चलाउनु र जहाँ पायो त्यही बाट पैदल यात्रुले बाटो पार गर्न खोज्नु जस्ता लापरबाहीका कारण दुर्घटना बढिरहेका छन् । ‘सवारी चालक र पैदल यात्रु दुवैले ट्राफिक सचेतनाका बारेमा जानकारी लिएर व्यवहारमा उतारेको भए विद्यार्थीहरु यसरी सडकमा आउनुपर्ने स्थिति हुने थिएन’, ट्राफिक सचेतनामा सहभागी एक छात्राले आफ्नो भनाई राखिन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top