ट्रेण्डिङ

होमपेज / समाज

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षककाे सरुवा

नेपालगाथा २०८० भाद्र २ गते शनिबार १०:४४:५६ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजीपी)हरुको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उपत्यका प्रहरीको प्रमुखमा दीपक थापा सरुवा भएका छन् । यसअघि त्यहाँ रहेका श्याम ज्ञवाली कार्य विभागमा सरुवा भएका छन् ।

त्यस्तै प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारीको सरुवा भएको छ । प्रशासन विभागमा भने मिरा चौधरी सरुवा भएकी छन् ।

मानव स्रोत विभागमा टेकबहादुर राईको सरुवा भएको स्रोतले जनाएको छ । यसैबीच काठमाडौं ललितपुर र अपराध महाशाखाका एसएसपीहरूको सरुवाको तयारी पनि भइरहेको स्रोतले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top