ट्रेण्डिङ

होमपेज / समाज

कक्षा १२ को नतिजामा कर्णाली प्रदेशमा छात्रतर्फ सिद्दपाइला र छात्रातर्फ इगरब्रिज प्रथम

सुर्खेतका चार विद्यालयको प्रचारप्रसारकाे राेचक शैली

नेपालगाथा २०८० श्रावण ३२ गते बिहीबार १०:०४:५८ मा प्रकाशित

सुर्खेत । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा श्रावण ३० गते मंगलबार सार्वजनिक गरेको छ । जसमा ५१ प्रतिशत विद्यार्थी पास भएका छन् ।  गत वर्ष  ४९ प्रतिशत विद्यार्थी मात्र सबै विषयमा पास भएका थिए । नतिजा अनुसार गत वर्षभन्दा यस वर्ष ३.६१ देखि ४ जीपीए  ल्याउने विद्यार्थी ०.७२ प्रतिशतले बढी छन् । ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९९९ रहेको छ ।

कर्णाली प्रदेशमा छात्रतर्फ सिद्दपाइला र छात्रातर्फ इगरब्रिज प्रथम
कक्षा १२ को नतिजामा छात्रतर्फ सबैभन्दा बढी ३.७२ जीपीए ल्याएर सिद्दपाइला इङ्गलिस मिडियम सेकेन्डरी स्कुलका नवराज शाही कर्णाली प्रदेश प्रथम बनेका छन् भने छात्रातर्फ सबैभन्दा बढी ३.६७ जिपिए ल्याएर इगरब्रिज बोडिङ्ग सेकेन्डरी स्कुलका हेलेन सिंह कर्णाली प्रदेश प्रथम भएकी छिन् । 
सिद्दपाइला स्कुलका नवराज शाही कानुन विषयसँगै सबै विषयबाट छात्र र छात्रा दुवैतर्फ कर्णाली प्रदेश प्रथम बनेका हुन् । इगरब्रिज स्कुलकी हेलेन सिंह ब्यबस्थापन विषयबाट छात्रातर्फ कर्णाली प्रदेश प्रथम बेनकी हुन् ।

सुर्खेतका चार विद्यालयको नतिजा र प्रचारप्रसारकाे राेचक शैली
हरेक पनि विद्यालयले आफ्नो विद्यालयको परीक्षाको नतिजा राम्रो आओस् भन्ने चाहेको हुन्छ । सोही अनुसार विद्यालय, शिक्षक र विद्यार्थीले मिहिनेत पनि गरेका हुन्छन् । कहिले नतिजा विद्यालयले सोचे अनुसार आइदिन्छ त कहिले नतिजा सोचे अनुसार हुँदैन । किन यस्तो हुन्छ भनेर नेपालको शिक्षा प्रणालीका बारेमा धेरै कुरा उठिरहेका हुनाले यस विषयका बारेमा अर्को पटक चर्चा गरौला । 
कक्षा १२ को परीक्षाफलमा सुर्खेतका चार वटा विद्यालयले कस्तो नतिजा निकाले र कस्तो प्रचार शैली अपनाएका छन् भनेर हामीले सामाजिक सञ्जाल फेसबुक मार्फत अध्ययन गरेका छौं । 

सिद्दपाइला इङ्गलिस मिडियम सेकेन्डरी स्कुल


कक्षा १२ को परीक्षाफलका सन्दर्भमा सिद्दपाइला इङ्गलिस मिडियम सेकेन्डरी स्कुलले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेको छ । 
राष्ट्रिय परीक्षा वोर्डबाट प्रकाशित नतिजामा कक्षा १२ को कानुन विषयको परीक्षामा सिद्दपाइला इङ्गलिस मिडियम सेकेन्डरी स्कुलबाट नवराज शाही ३.७२ जीपीए, यज्ञराज नाथ ३.६२ जीपीए र गोमा भन्डारी ३.६१ जीपीए (तीन जना A+) ल्याउन सफल विद्यार्थी भाईबहिनीको उत्कृष्ट नतिजा सहित शतप्रतिशत उत्तीर्ण सम्पुर्ण विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई तथा थप प्रगतिको शुभकामना व्यक्त गर्दछौं ।

इगरब्रिज बोडिङ्ग सेकेन्डरी स्कुल


कक्षा १२ को परीक्षाफलका सन्दर्भमा इगरब्रिज बोडिङ्ग सेकेन्डरी स्कुलले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेको छ । 
शैक्षिक सत्र २०७९ सालमा राष्ट्रिय परिक्षा बोर्डले लिएको कक्षा १२ को परिक्षामा हाम्रो यस इगरब्रिज बोडिङ्ग सेकेन्डरी स्कुल कि होनहार छात्रा हेलेन सिंहले ३.६७ जीपीए प्राप्त गरी  कर्णाली प्रदेशमा छात्रातर्फ प्रथम स्थान हासिल गर्न सफल भएको साथै अन्य सम्पुर्ण सफल विद्यार्थी भाईबहिनीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको कामना गर्दछौं ।

सुर्खेत होराईजन एकेडेमी


कक्षा १२ को परीक्षाफलका सन्दर्भमा सुर्खेत होराईजन एकेडेमीले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेको छ । 
३.६९ जीपीए प्राप्त गरी ब्यबस्थापनतर्फ कर्णाली प्रदेश प्रथम हुन सफल रमेश सापकोटालाई विद्यालयको तर्फबाट हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौँ । साथै ३.६६ जीपीए प्राप्त गरी ब्यबस्थापनतर्फ कर्णाली प्रदेश द्वितीय (छात्रा तर्फ) हुन सफल स्नेहा श्रेष्ठलाई विद्यालयको तर्फबाट हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौँ ।

उषा बाल वाटिका मावि


कक्षा १२ को परीक्षाफलका सन्दर्भमा उषा बाल वाटिका माविले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेको छ । 
राष्ट्रिय परिक्षा बोर्ड अन्तर्गत प्रकाशन भएको कक्षा १२ को परीक्षाको नतिजामा यस उषा बाल वाटिका माविका व्यवस्थापन संकाय तर्फबाट छात्र रविन्द्र आचार्य ३.६८ जीपीए प्राप्त गरी कर्णाली प्रदेशममै दोस्रो टपर र सुजाता खत्रीले ३.६६ जीपीए प्राप्त गरी छात्रातर्फ पनि कर्णाली प्रदेशमै दोस्रो टपर बन्न सफल भएकोमा धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top