होमपेज / समाज
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेकाे छ । जसमा ५१ प्रतिशत विद्यार्थी पास भएका छन् । गत वर्ष ४९ प्रतिशत विद्यार्थी मात्र सबै विषयमा पास भएका थिए ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन् ।
नतिजा अनुसार गत वर्षभन्दा यस वर्ष ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ०.७२ प्रतिशतले बढी छन् । ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९९९ रहेको छ।
परीक्षा बोर्डले माथिल्लो जीपीए ल्याउने विद्यार्थीको संख्या बढेको बताएको छ। यस्तै १ लाख ८२ हजार ९२६ जना ‘नन ग्रेडिङ' ल्याएका छन् । सबैभन्दा बढी ‘नन ग्रेडिङ’ वा एनजी अंग्रेजी विषयमा आएकाे छ । १ लाख ९ हजार ५२७ जनाकाे अंग्रेजी विषयमा एनजी आएकाे हाे ।
परीक्षा गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको थियो ।
