ट्रेण्डिङ

होमपेज / समाज

तीन दिनसम्म पहिरो र डुबानको जोखिम

नेपालगाथा २०८० श्रावण २७ गते शनिबार १३:१०:२७ मा प्रकाशित

काठमाडाैं | जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन देशको पहाडी भू-भागमा पहिरो र तराइ भू-भागमा डुबानकाे जोखिम रहेको छ । 

आगामी तीन दिन ठूला तथा साना नदी र खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जन-जीवन तथा सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी गर्न महाशाखाले आग्रह गरेको छ । 

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको बिहारको उत्तर पश्चिम भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ। आगामी केही दिनसम्म मनसुनको न्यून चापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना छ।

शनिवार राति देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुको साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित भारी वर्षा तथा एक-दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top