ट्रेण्डिङ

होमपेज / समाज

इन्टरनेट र सामाजिक सञ्जालबाट भ्रामक जानकारी दिए कारवाही

नयाँ राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी

नेपालगाथा २०८० श्रावण २६ गते शुक्रबार १७:१२:१३ मा प्रकाशित

काठमाडाैं | ​​​नयाँ राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गर्दै सरकारले इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक सूचना सम्प्रेषण गर्नेलाई नियन्त्रण गर्ने भएको छ । इन्टरनेटको प्रयोगमा संवेदनशील हुन आग्रहसहित सरकारले इन्टरनेट र सामाजिक सञ्जाल प्रयोगमा भ्रामक जानकारी सम्प्रेषण गर्नेलाई नियन्त्रण गर्ने नीति लिएको हो ।

‘इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक जानकारी सम्प्रेषण गर्ने कार्यलाई नियन्त्रण गरिनेछ’ नीतिमा उल्लेख छ, ‘महिला, बालबालिका वा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिका विरुद्ध लक्षित अनलाइन सेवाहरूलाई निषेध गरिनेछ ।’ इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगमार्फत हुने विभिन्न प्रकारका हिंसा एवं भेदभावलाई नियन्त्रण गरिने पनि जनाइएको छ ।

त्यस्तै, राष्ट्रिय सुरक्षामा आँच पुर्‍याउने, घृणा वा द्वेष फैलाउने, अनलाइन उत्पीडन र साइबर बुलिङ्ग गर्ने, सामाजिक तथा साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने, अश्लीलता फैलाउने किसिमका डिजिटल सामग्रीको सम्प्रेषणलाई समेत निषेध गरिएको छ । 

साइबर सुरक्षासम्बन्धी जनचेतना लागु गराउने, जनचेतनासम्बन्धी निर्माण, वितरण र प्रसारण गर्ने पनि जनाइएको छ । यसैगरी साइबर सुरक्षासम्बन्धी विषयलाई विद्यालय र उच्च शिक्षाको पाठ्यक्रममा समावेश गर्ने पनि नीतिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top