ट्रेण्डिङ

होमपेज / समाज

नेकपा एस निकट खेलकुद महासंघका केन्द्रीय सदस्य ठकुरी एमालेमा फर्किए

नेपाली काँग्रेसका क्रियाशिल सदस्य तथा तरूण दलका सचिव सहितकाे टाेलि पनि एमालेमा प्रवेश

नेपालगाथा २०८० श्रावण २६ गते शुक्रबार १६:११:०५ मा प्रकाशित

हेटौँडा । नेकपा एकीकृत समाजवादी निकट नेपाल खेलकुद महासंघ, समाजवादीका केन्द्रीय सदस्य एवम् हेटौँडा उपमहानगरपालिका कमिटी वडा नंबर ४ अध्यक्ष निरज सिं ठकुरी नेकपा एमालेमा फकिएका छन् ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम मकवानपुर इन्चार्ज देवी ज्ञवाली सहितका नेताहरुले हेटौँडाको युद्धपथमा भएको कार्यक्रममा उनलाई एमालेमा स्वागत गरेका हुन् ।कार्यक्रममा बोल्दै एमाले पोलिटब्युरो सदस्य ज्ञवालीले देश चरम आर्थिक संकटमा परेको अवस्थामा अब देशले एमालेकाे नेतृत्व खोजेको बताए । 

एमालेमा फर्कदै ठकुरीले विगतमा भएका कमि कमजोरीलाई सच्याउँदै अब एमालेमा एकढिक्का भएर लाग्ने र एमालेको नीतिले मात्र देश विकास संभव भएको बताए । 

नेकपा एमाले ४ नं वडा कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका क्रियाशिल सदस्य तथा तरूण दलका ४ नं वडा सचिव निरोज बानियाँसहित रोशन क्षेत्री, विशाल न्यौपानेल लगायतको टोली पनि एमाले प्रवेश गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top