ट्रेण्डिङ

होमपेज / समाज

नयाँ चार दल सहित ११९ दल पुगे निर्वाचन आयोगमा

नेपालगाथा २०८० श्रावण २२ गते सोमबार १९:०४:२७ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले राजपत्रमा सूचना प्रकाशित गर्दै थप चार वटा दल दर्ता भएको जानकारी गराएको छ । आयोगका अनुसार भित्ते घडी निर्वाचन चिन्हसहित किसोरकुमार विस्वास अध्यक्ष रहेको समावेशी समाजवादी पार्टी नेपाल र छत्रे टोपी निर्वाचन चिन्हसहित धनबहादुर थापा अध्यक्ष रहेको जय जन्मभूमि पार्टी नेपाल गत फागुन १४ गते निर्वाचन आयोगमा दर्ता भएका छन् ।

यस्तै लालटिन निर्वाचन चिन्हसहिहत चन्द्रबहादुर थापा अध्यक्ष रहेको राष्ट्रबादी केन्द्र नेपाल र माथिपट्टी फर्केको धनुष निर्वाचन चिन्हसहित विजयप्रकाश निषाद नेतृत्वको राष्ट्रिय समता पार्टी नेपाल गत चैत २६ गते निर्वाचन आयोगमा दर्ता भएका छन् ।

गत प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ११६ राजनीतिक दल दर्ता रहेकोमा थप चार दल दर्ता भएसँगै जम्मा राजनीतिक दलको संख्या ११९ पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top