ट्रेण्डिङ

होमपेज / समाज

नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

नेपालगाथा २०८० श्रावण २१ गते आइतबार १७:५६:३० मा प्रकाशित

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ। प्रश्नपत्र बाहिरिएको भन्दै स्थगन गरेको परीक्षाकाे नेपाल प्रहरीको अनुसन्धान रिपोर्टपछि काउन्सिलले परीक्षामा अमर्यादित कार्य गर्ने ७ जनासहित १२ जनाको नतिजा रोक्दै अन्य विद्यार्थीको नतिजा प्रकाशित गरेको हो।

काउन्सिलकको आइतबार बसेको परीक्षा समितिको बैठकले रोकिएको परीक्षा सार्वजनिक गर्ने निर्णय गरेको हो। सार्वजनिक नतिजा अनुसार पीसीएल नर्सिङ तर्फ ७८.७६ प्रतिशत उत्तीर्ण भएका छन्, यस्तै मिडवाइफ्री बीएमएस तर्फ ९३ प्रतिशत र बीएस्सी नर्सिङ तर्फ ७९.६ प्रतिशत उत्तीर्ण भएका छन्।

काउन्सिलले गत असार २३ गते नाम दर्ता (लाइसेन्स) परीक्षा लिएको थियो। परीक्षामा ६ हजार १० जना सहभागी थिए। प्रश्न पत्र आउट गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ भने बाँकी ९ जना फरार छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top