होमपेज / समाज
काठमाडाैं | काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि लिएको प्रवेश परीक्षाको नतिजा र विद्यार्थीहरूले कुन विद्यालयमा अध्ययन गर्न पाउने भन्ने सूचना अन्तिम नतिजा एकै पटक प्रकाशन गर्ने तयारी गरेकाे छ ।
प्रारम्भिक नतिजा आज प्रकाशन भए पनि अन्तिम नतिजा पछि प्रकाशन गरिने महानगरको शिक्षा विभागले जनाएको छ । प्रारम्भिक नतिजामा प्राप्त भएको अङ्कमा कसैलाई चित्त नबुझे पुनर्योगका लागि साउन २१ र २२ गते २ दिनसम्म समय दिइएको छ । यसपछि अन्तिम नतिजा प्रकाशन हुने विभागले जनाएको छ ।
अन्तिम नतिजासँगै विद्यार्थीलाई योग्यता क्रमका आधारमा आफूले चाहेको विद्यालय र विषय रोज्न पाउनेछन् । यसमा दिइने १० वटा शिक्षण संस्थामध्ये उपलब्ध कोटा, योग्यता क्रम र विद्यार्थीहरूको चापका आधारमा भर्ना गर्न पाइनेछ । महानगरपालिकाभित्र छात्रवृत्ति प्रदान गर्ने १६६ वटा उच्च माध्यमिक विद्यालय रहेका छन् ।