ट्रेण्डिङ

होमपेज / समाज

भद्र भण्डारी कर्णाली अटाेमाेबाईल्सकाे प्रदेश अध्यक्षमा पुन: चयन

नेपालगाथा २०८० श्रावण १२ गते शुक्रबार २१:५८:५३ मा प्रकाशित

सुर्खेत । कर्णाली अटाेमाेबाईल्स एशाेसिएशन नेपालकाे प्रथम वार्षिक साधारणसभाबाट अध्यक्षमा भद्र भण्डारी पुन: चयन भएका छन्। भण्डारी न्यु बुलबुले अटाे माेबाईल्सका सञ्चालक हुन् । यस्तै उपाध्यक्षमा गाेपाल पाैडेल, प्रकाश कुमार शाही र सैयद अव्वर अलि चयन भएका छन्।

महासचिवमा इन्द्र बहादुर खड्का , सचिवमा प्रकाश थापा काेषाध्यक्षमा यामलाल आचार्यलाई चयन गरिएकाे हाे । यस्तै सदस्यहरूमा तेज प्रकाश रिमाल, सुर्य थापा,अर्जुन दाहाल, राजन वली, चयन भएका छन्।

अध्यक्ष भण्डारीले सल्लाहकारमा लक्ष्मण कंडेल, गणेश बस्नेतलाई मनाेनित गरेका छन् । उनले अध्यक्षमा सर्वसम्मत निर्वाचित गराएकाेमा सबैलाई धन्यवाद समेत व्यक्त गरे ।

अटोमोबाइल्स एसाेसिएसन अफ नेपालका केन्द्रीय अध्यक्ष धुर्वबहादुर थापाले व्यवसायीहरू धरासाही भएकाे भन्दै सरकारसँग बहस गर्ने कुराका कुनै कमी नगरेकाे बताए । उनले अब केही सुधार हुने विश्वास समेत व्यक्त गरे । अध्यक्ष थापाले कर्णाली अटाे माेबाईल्सका नयाँ कार्यसमितिका सम्पुर्ण पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

Top