होमपेज / समाज
काठमाडौं । सर्वाेच्च अदालतको फैसलासँगै काेशी प्रदेशकाे मुख्यमन्त्रीमा हिक्मत कार्की पुनर्वहाली भएका छन् ।
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले उद्धव थापाको नियुक्ति प्रक्रिया जुन बिन्दूबाट शुरु भएको हो सो देखिकै सबै प्रक्रिया उत्प्रेषणको आदेशबाट बदर गरिदिएकाले कार्की स्वतः मुख्यमन्त्रीमा पुनर्वहाली भएको बताइएकाे छ ।
यसबारे सर्वोच्चले प्रष्ट नभने पनि सुरु प्रक्रियाबाटै जानू भनेकाले कार्की पुनर्वहाली भएका हुन् ।
यसैबीच नेकपा एमाले संसदीय दलका नेता कार्कीले आफू एक साताका लागि आफू कामचलाउ मुख्यमन्त्रीमा पुनर्वहाली भएको जानकारी पाएको बताए । उनले आफू भोलि नै विराटनगर जाने बताए ।
अदालतको फैसलामा सभामुखको हस्ताक्षरसहित पेश भएको त्रुटीपूर्ण दाबीपत्रलाई मान्यता दिई प्रदेश प्रमुखबाट उद्धब थापालाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा असार २१ गते गरिएको नियुक्ति र तत् सम्बन्धमा भए गरेका काम कारवाहीहरु नेपालको संविधान प्रतिकुल देखिएकाले उत्प्रेषणको आदेशबाट बदर हुने ठहर्छ भनेकाले उनको नियुक्ति नै बदर भएकाले कार्की स्वतः पुनर्वहाली भएका हुन् ।