ट्रेण्डिङ

होमपेज / समाज

कोशी सरकार बदर माग पूर्ण इजलासमा

नेपालगाथा २०८० श्रावण ९ गते मंगलबार १२:१७:४९ मा प्रकाशित

काठमाडौं । कोशी प्रदेश सरकार बदर गर्न परेको रिटउपर सुनुवाइ गर्न न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठ रहेकाे पूर्ण इजलास गठन भएको छ । रिटलाई प्राथमिकता दिएर एकै नम्बरमा राखिएको छ । सोमबार न्यायाधीश सुष्मलता माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिटलाई पूर्णइजलासमा पठाएको हो ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेश गरेर गत असार २१ मा मुख्यमन्त्री नियुक्ति गरेपछि असन्तुष्ट पक्ष सर्वोच्च पुगेकाे थियाे । मुख्यमन्त्री नियुक्ति गरेको विषय संविधानविपरीत भएकाे भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मुख्यमन्त्रि नियुक्ति गर्दाका सक्कलै फाइल झिकाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top