ट्रेण्डिङ

होमपेज / समाज

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच सहमति

नेपाल प्रहरीको साइबर ब्यूरोमा हालिएको उजुरी फिर्ता

नेपालगाथा २०८० श्रावण ६ गते शनिबार १३:२०:४४ मा प्रकाशित

काठमाडौँ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच सहमति भएको छ । करिब एक क्‍वीन्टल सुन प्रकरणमा मन्त्री श्रेष्ठमाथि गलत सूचना फैलाएको भन्दै गृहमन्त्रीकाे सचिवालयले साइबर ब्यूरोमा उजुरी हालेपछि मन्त्री श्रेष्ठ र बस्नेतबीच द्वन्द्व उत्पन्न भएपछि छलफल गरेर मिलापत्र गरिएकाे हाे । छलफलपछि ब्युरोमा परेको उजुरी फिर्ता लिने सहमति भएको अध्यक्ष बस्नेतले सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका छन् ।

'माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आज छलफल भयो । उहाँले पुरानै मित्रवत शैलीमा गणेशजीले नै मेरोबारे यस्तो लेख्ने ? भनेर हाँस्नु भयो । मैँले तपाईंलाई नै किटान गरेर कहाँ लेखेको छु भने' बस्नेतले फेसबुकमा लेखेका छन् 'छलफलबाट निचोड निकालियो- अहिलेसम्मको असहमतिको अन्त्य गर्ने । नेपाल प्रहरीको साइबर ब्यूरोमा सचिवालयबाट मेरोविरुद हालेको उजुरी फिर्ता भएको छ । धन्यवाद माननीय गृहमन्त्री नारायणकाजी कमरेड ।'

बस्नेतले बुझाइ फरक परेको तर गलत नियत नराखेको बताएका छन् । 'केही बुझाईमा फरक परेछ हामीबीच तर नियत गलत थिएन । विमानस्थलमा बरामद सुन प्रकरणमा मैले प्रश्न गरेको थिए, त्यो प्रश्नले मेरो नियतमाथि नै प्रश्न उठाउने काम भयो गणेशजी भन्नुभयो, मेरो समाचार स्रोत गलत परेछ त्यो कारणले तपाईंको प्रतिष्ठामा परेको असरप्रति दुःख व्यक्त गर्छु भनेँ । उहाँले अंगालो हाल्नुभयो । समस्याको समाधान भयो' बस्नेतले लेखेका छन् 'प्रेस चौतारी नेपालको आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ । साथै आफू भ्रष्टाचारविरुद्ध कुनै समझौता नगर्ने उहाँको अडानमा समर्थन गर्दै भ्रष्टाचारविरुद्धको अभियानमा एक्यवद्दता जनाइयो । यो अभियानमा साथ दिने प्रेस चौतारी नेपालका प्रिय मित्रहरू, नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस सेण्टरका अध्यक्षलगायत सवै मित्रहरूप्रति आभारी छु ।'

प्रतिक्रिया

सम्बन्धित खवर

Top