ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्री दाहाल औपचारिक कार्यक्रममा सहभागी हुने

नेपालगाथा २०८० श्रावण ३ गते बुधबार ०९:५१:२४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आजदेखि औपचारिक कार्यक्रमहरुमा सहभागी हुँदैछन्। पत्नी सीता दाहालको निधनपछि शोकमा रहेका दाहाल आजदेखि नियमित कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

प्रधानमन्त्री दाहालकाे सचिवालयका अनुसार दाहाल  बिहान अखिल क्रान्तिकारीको संयोजनमा किर्तिपुरमा आयोजना गरिएको बृहत वृक्षारोपण कार्यक्रममा सहभागी भएर बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न आजै गोरखा जाने कार्यक्रम रहेको छ।

बुढीगण्डकी आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाइ रहेको गोरखाको सिउरेनीटारमा आयोजनाको फिल्ड कार्यालय प्रधानमन्त्रीले उद्घाटन गर्ने आयोजनाका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठले जानकारी दिए। 

कार्यक्रममा धादिङ र गोरखाका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालालाई निमन्त्रणा गरिएको छ। कूल एक हजार दुई सय मेगावाट क्षमताको आयोजना निर्माणका लागि सरकारले बुढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरेको छ। 

सरकारले आयोजना प्रभावितलाई हालसम्म ३४ अर्ब ३० करोड रुपैयाँ बराबरको मुआब्जा वितरण गरिसकेको छ। यस्तै, घर गोठ, बोटबिरुवातर्फ छ अर्ब ७० करोड रुपैयाँ बराबरको मुआब्जा वितरण भइसकेको छ। हाल मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top