ट्रेण्डिङ

होमपेज / समाज

वीर अस्पताल र ट्रमा सेन्टरमा बिहान ८ बजेबाट सेवा सुरु

नेपालगाथा २०८० श्रावण १ गते सोमबार ११:५०:३६ मा प्रकाशित

काठमाडौं । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सोमबार( आज) बाट  बिहान ८ बजेदेखि  सेवा सुरु हुने भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)  कार्यकारी परिषदको  बैठकले  साउन १ गतेबाट लागू हुने गरी अस्पतालको सेवा ८ बजेदेखि नै सुरु गर्ने निर्णय गरेको थियो। 

सोही निर्णयका आधारमा बिहान ८ बजेदेखि सेवा सुरु हुने वीर अस्पतालका कार्य निर्देशक डा सन्तोष पाैडेलले जानकारी दिए। अब शल्यक्रिया सेवा बिहान ८ बजेदेखि नै सुरु हुने छ भने ९ बजे अगावै ओपिडी सेवा सुरु हुने छ। टिकटको समय बिहान ७ बजेदेखि २ः३० सम्म कायम गरिएको छ। ओपिडीका कर्मचारीहरु बिहान ८ः१५ भित्र पुगिसक्नुपर्ने छ।

कार्यकारी परिषदको यो निर्णयसँगै वीर अस्पतालमा साउन १ गतेदेखि ओपिडी सेवा पनि बिहान ८ बजेदेखि नै सुरु हुने छ। अस्पतालमा हाल बिहान ९ देखि ५ बजेसम्म कार्यालय सेवा हुँदै आइरहेको छ। 

अस्पतालमा ९ बजेदेखि सेवा हुँदा चिकित्सक लगायतका कर्मचारीहरु आउने क्रममा बढी सवारी जाममा पर्ने समस्या देखिएकाले बिरामीलाई छिट्टै र सहज रुपमा सेवा दिन समय तालिका परिवर्तन गरिएको न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतले जानकारी दिए। 

यसैगरी राष्ट्रिय ट्रमा सेन्टरमा पनि अब शल्यक्रिया सेवा बिहान ८ बजेदेखि नै सुरु हुने छ भने ८ः१५ बजे अगावै ओपिडी सेवा सुरु हुने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top