होमपेज / समाज
नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाका पुर्व सभापति वरिष्ठ पत्रकार रुद्र सुबेदीलाई पितृ शोक परेको छ ।
४० वर्ष लामो समयसम्म शिक्षण पेशामा आवद्ध हुनुभएका डम्मर सुबेदीको शिक्षण अस्पतालको सघन कक्षमा उपचारका क्रममा निधन भएको सुबेदीको पारिवारिक श्रोतले जनाएको छ । सुबेदी बिगत लामाे समयदेखि सुगर र प्रेसरका बिरामी हुनुहुन्थ्यो ।
शिक्षण पेशाबाट बिश्राम लिए पनि सामाजिक कार्यमा क्रियाशिल रहदै आउनु भएका सुबेदी शिक्षक सहकारी नेपालगन्जका अध्यक्षको रुपमा कार्यरत रहदै आउनु भएको थियो ।
नेकपा एमाले तत्कालीन अञ्चल कमिटीको कार्यालय सचिव भएर कार्यरत सुबेदी हाल लुम्बिनी प्रदेश कमिटी सदस्यमा रहेर पार्टिमा समेत क्रियाशिल हुनुहुन्थ्यो । उहाँको अवशानले पार्टिलाई अतुलनीय क्षति पुगेको नेकपा एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले बताउनु भयो ।
२००२ सालमा कास्कि जिल्लाको काँस्किकोटमा जन्मिनु भएका डम्मबर सुबेदीको पार्थिब शरिरलाई पारिवारिक श्रोतका अनुसार ३० गते विहान बाँकेको अगैयाघाटमा अन्तिम संस्कारमा लगिने भएको छ । अगैयाघाट लैजानु अघि स्वर्गीय सुबेदीको पार्थिब शरीरलाई नेकपा एमाले बाँकेको पार्टि कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिनेछ भने ८ बजे त्यहाँबाट घाट लैजाने ब्यबस्था मिलाईएको सुबेदी परिवारले जनाएको छ ।
उहाँको धर्मपत्नीको यस अघि नै निधन भई सकेको छ भने सुबेदीका ३ छोरा रुद्र सुबेदी, माधव सुबेदी, गुरु सुबेदी र एक छोरी सिता सुबेदी हुनुहुन्छ ।