होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १ गते संसदमा प्रस्तुत गरेकाे आगामी आव ०८०/०८१ का लागि ल्याएको बजेट मंगलबार प्रदेशसभाको २५औँ बैठकबाट बहुमतले पारित गरेकाे छ।
अर्थमन्त्री बेदराज सिंहले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको बजेट ल्याएका थिए।
चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात् २६.९७ प्रतिशत र पुँजीगततर्फ.१९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात् ५८.६५ प्रतिशत बजेट विनियोजन गरिएको छ । यसैगरी स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात् १४.३८ प्रतिशत विनियोजन गरिएको छ।