ट्रेण्डिङ

होमपेज / समाज

अस्पताललाई विवरण अद्यावधिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

नेपालगाथा २०८० असार २६ गते मंगलबार १४:३६:०७ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई निःशुल्क उपचारको विवरण मन्त्रालयले तयार पारेको सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गराउन निर्देशन दिएको छ।

मन्त्रालयका महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले सङ्घीय अस्पताल, प्रादेशिक अस्पताल, प्रतिष्ठान, सामुदायिक निजी तथा गैरसरकारी अस्पताललाई परिपत्र गर्दै गरिब, विपन्न नागरिकलाई उपलब्ध गराएको १० प्रतिशत शय्याको विवरण अद्यावधिक गराउन निर्देशन दिएकाे हाे ।

‘स्वास्थ्य सेवा ऐन, २०७५, जनस्वास्थ्य सेवा नियमावली, २०७७ तथा स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० को खण्ड (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत शय्या छुटयाई निःशुल्क उपचार अनिवार्य उपलब्ध गराउनुपर्ने भन्ने व्यवस्थाअनुसार अस्पतालले निःशुल्क उपचार सेवा उपलब्ध गराएको दैनिक विवरण मन्त्रालयको तयार पारेको प्रणालीमा अनिवार्य प्रविष्ट गर्नुहुन अनुरोध छ”, परिपत्रमा भनिएको छ।

मन्त्रालयले आर्थिक रूपमा कमजोर नागरिकलाई दृष्टिगत गर्दै निःशुल्क स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने प्रत्येक अस्पताललाई कूल शय्याको १० प्रतिशत निःशुल्क उपचार गर्ने स्वास्थ्यसम्बन्धी ऐन तथा नियमावलीमा व्यवस्था गरेको हो।

मन्त्रालयले सबै अस्पताललाई अनिवार्यरूपमा १० प्रतिशत निःशुल्क गरिब, असहायलाई उपलब्ध गराउन सबै अस्पताललाई निर्देशन दिइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top