ट्रेण्डिङ

होमपेज / समाज

मनाङ एयरको हेलिकप्टर दुर्घटना

पाँच जनाको शव भेटियो

नेपालगाथा २०८० असार २६ गते मंगलबार १३:४५:४६ मा प्रकाशित

विराटनगर | मनाङ एयरको 9N AMV कलसाइन हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएकाे छ । कोशी प्रदेश प्रहरी कार्यालयका डीआइजी राजेश बास्तोलाले दुर्घटनास्थलमा पाँच जनाको शव भेटिएको पुष्टि गरे । उनीहरूको पहिचान भने हुन सकेकाे छैन। 

लुक्लाबाट काठमाडौंतर्फ आउँदै गरेको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर ५ स्थित चिहानडाँडामा दुर्घटनाग्रस्त भएको प्रत्यक्षदर्शीले बताए ।

दुर्घटनास्थलमा असई निराजन बस्नेतको टोली पुगेको डीआईजी बास्तोलाले बताए । हेलिकप्टर रुखमा ठोक्किएर झरेको उनले बताए ।

हेलिकप्टरमा पाइलट र ५ विदेशी यात्रु गरी ६ जना सवार थिए ।

विदेशीलाई माउन्टेन फ्लाइट गराएर फर्किने क्रममा सम्पर्कविहीन भएको हेलिकप्टर लुक्लानजिकै सम्पर्कविहीन बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top