ट्रेण्डिङ

होमपेज / समाज

ठेहे स्वास्थ्य चौकी पोषण मैत्री स्वास्थ्य संस्था घोषणा

नेपालगाथा २०८० असार २० गते बुधबार १४:३९:११ मा प्रकाशित

मनोज बोहरा, सिमकोट । हुम्ला जिल्लाको सिमकोट गाउँपालिका २ मा रहेको ठेहे स्वास्थ्य चौकी पोषणमैत्री घोषणा भएको छ । बुधबार एक कार्यक्रमका बीच उक्त चौकीलाई पोषण मैत्री स्वास्थ्य चौकीका रुपमा घोषणा गरेको  हो ।

ठेहेका करिब पाँच सय घरधुरीका नागरिकलाई सेवा दिदै आएको सोही चौकीले नेपाल सरकारले विभिन्न मापदण्डबाट तयार पारेको कार्यविधिमा निर्देशित भएका १६ ओटा सुचकहरु पुरा गरेसँगै पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरेको ठेहे स्वास्थ्य चौकी प्रमुख दान बहादुर बोहराले बताए।

गाउँपालिकाले संचालन गरेको पोषण मैत्री स्वास्थ्य अभियानमा मुख्य गरेर आमा र बच्चाको पोषणको अबस्थामा ल्याएको सुधार र यसको निरन्तरतालाई टिकाइराख्ने गरि पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेको प्रमुख बोहराले बताए ।

यति मात्र नभै सुत्केरी आमाहरुलाई स्वास्थ्य कर्मी र महिला स्वास्थ्य स्वंयमसेविका द्धारा स्वास्थ्य र पोषण सम्बन्धि परामर्श र निरन्तर निगरानीमा राख्न निरन्तर खटिने समेत प्रमुख बोहराले प्रतिबद्दता व्यक्त गरे।

सिमकोट गाउँपालिका २ न का वडा अध्यक्ष  देवजङ्ग बोहराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका नन्द बहादुर शाही, गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत मनमाया वली, पोषणमैत्री घोषणा साझेदार संस्था सप्रोस नेपालकी सीता खड्का, सुरक्षाकर्मी, पत्रकारलगायतको उपस्थिती रहेको थियो ।

यस अघि सिमकोट गाउँपालिका वडा न ७ र ८ मा रहेका स्वास्थ्य चौकीहरु पोषण मैत्री स्वास्थ संस्था घोषणा भैसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top