ट्रेण्डिङ

होमपेज / समाज

सर्पको टोकाइबाट जोगिन के गर्ने?

नेपालगाथा २०८० असार २० गते बुधबार १२:४३:३३ मा प्रकाशित

गर्मीयाम शुरु भएपछि सर्प देखिन थाल्छन् । सर्पकाे टाेकाइ निकै खतरानाक पनि हुन्छ । त्यसैले समयमै सर्पकाे टाेकाइबाट बच्नु राम्राे हुन्छ । हामीले यहाँ सर्पको टोकाइबाट जोगिन के गर्ने? र यदि सर्पले टोकिहाले के गर्ने? भनेर केही जानकारी राखेका छाै‌ै ।

सर्पको टोकाइबाट जोगिन के गर्ने?

  • राती हिडनुपरे टर्च लाइट लिएर हिंड्ने,
  • जुता वा गम बुट लगाउने
  • खुट्टा राम्ररी छोप्ने बाक्लो प्यान्ट लगाउने
  • घर वरपरको घांस भारपात
  • काटेर सफा राख्ने
  • जमिनका दुलाहरू टाल्ने
  • पराल, दाउरा आदि लिन जाँदा होसियारी अपनाउने
  • सुत्नअघि ओछ्यान, खाटमुनी र वरपर राम्ररी हेर्ने,
  • सधै कुल टाँगेर सुत्ने

सर्पले टोकिहाले के गर्ने?

  • डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने
  • सर्पले टोकेको ठाउंमा काट्ने चुस्ने, बाँध्ने नगर्ने
  • मलम, रसायनिक पदार्थ तातो चिसो प्रयोग नगर्ने
  • विरामीको आत्मविश्वास कायम राख्ने
  • धामी झांक्रीतिर नलाग्ने
  • विष सोस्ने ढुंगाको पछि नलाग्ने
  • संभव भए सम्म डस्ने सर्पको पहिचान गर्ने तर नमानें
  • जति सक्दो चांडो अस्पताल वा सर्प उपचार केन्द्र पुर्याउने

स्वास्थ्य मन्त्रालय

प्रतिक्रिया

सम्बन्धित खवर

Top