ट्रेण्डिङ

होमपेज / समाज

हवाई भाडा घट्यो, कहाँको कती ?

नेपालगाथा २०८० असार २० गते बुधबार १२:२४:१२ मा प्रकाशित

सुर्खेत । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको हो ।

नयाँ हवाई भाडा दर अनुसार सबैभन्दा बढी विराटनगर–नेपालगन्ज सेक्टरको हवाई भाडा ७५० रुपैयाँले घटेको छ । यो सँगै यस तर्फको रुटमा ७ हजार ३०५ रुपियाँ भाडा दर कायम भएको छ । नयाँ मूल्य सूची अनुसार सबैभन्दा कम काठमाडौँ–सिमराको हवाई भाडा १२५ रुपैयाँले घटेर एक हजार २२५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै यसअघि २ हजार ३८० रुपैयाँ रहेको काठमाडौँ–पोखराको नयाँ भाडा दुई हजार १५५ रुपैयाँ तोकिएको छ । प्राधिकरणका अनुसार काठमाडौँबाट माउन्टेन फ्लाइट ४८५ रुपियाँले घटेर ४हजार ६६५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै काठमाडौँबाट विराटनगरको ३३५, जनकपुरको १८०, भरतपुर १५०, पोखराको २२५, भैरहवा २८५, नेपालगन्ज ४५५, तुम्लिङटार २६०, सुर्खेतको ४८५, भद्रपुरको ४२० र राजविराजको हवाई भाडा २८५ रुपैयाँले घटेको छ । त्यस्तै पोखराबाट भरतपुरको हवाई भाडा १५५, भैरहवाको १८०, सिमराको ३१०, नेपालगञ्जको ३३०, विराटनगरको पाँच सय, जनकपुरको ३६५, भद्रपुरको ५७०, धनगढीको ४७५ र माउन्टेन फ्लाइटको ४४० रुपैयाँ कम भएको छ ।

न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपियाँसम्मले घटेको हवाई भाडा दर बुधबारदेखि लागु हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top