होमपेज / समाज
काठमाडाैं | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विश्वविद्यालय प्रवेश गर्दा राजनीतिक दललाइ बाहिर नै छाड्नुपर्ने बताएका छन् । स्व. गिरिजाप्रसाद कोइरालाको १००औं जन्मजयन्तीको अवसरमा साेमबार काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्ने बताए ।
विश्वविद्यालयलाइ माथि उठाउनका लागि दलको झोला छाड्नुपर्छ भन्ने कुराला कुरालाई स्थापित नगरेसम्म विश्वविद्यालय माथि उठ्न नसक्ने उनको भनाइ छ । उनले कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भन्नेकुरा स्थापित गर्नुपर्नेमा जोड दिए ।