होमपेज / समाज
काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण नगर्न भनेकाे छ । एक सूचना जारी गर्दै महानगरले भवन निर्माण गर्न स्वीकृति नदिने र उक्त क्षेत्रमा भवन निर्माण रोकिएको समेत जनाएको छ।
महानगरको वडा नम्बर ४ मा पर्ने उक्त क्षेत्रमा र अहिले कुनै भवन निर्माण भएमा त्यसलाई रोक्न पनि सार्वजनिक सूचना जारी गरेको छ ।
.jpg)
सूचनाको उलङ्घन गरी सो क्षेत्र भित्र भवन निर्माण गरेमा महानगरले संरचना भत्काउने चेतावनी पनि दिएको छ । भत्काउँदा लागेको खर्च समेत सम्बन्धित घरधनीबाट असुल उपर गरिने चेतावनी दिइएको छ ।