ट्रेण्डिङ

होमपेज / समाज

सञ्चार क्षेत्रका विकृतिलाई नियन्त्रण गर्नुपर्छ - सभामुख घिमिरे

नेपालगाथा २०८० असार १६ गते शनिबार १५:१३:३९ मा प्रकाशित

काठमाडौं । सभामुख देवराज घिमिरेले सञ्चार भएका विकृतिहरूलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै सभामुख घिमिरेले सञ्चार क्षेत्रको महत्त्व धेरै रहेकाले याे क्षेत्रलाई कुण्ठित गर्ने कुरा लोकतन्त्रमा स्वीकार्य नहुने बताए ।

सञ्चार क्षेत्रमा भएका विकृतिहरूलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्ने उल्लेख गर्दै उनले सञ्चारमाध्यमको महत्त्व बढाउने, ठिक दिशामा लैजाने र समाजवाद निर्माणको बाटो देखाउन सञ्चार क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top