होमपेज / समाज
हुम्ला। हुम्ला जिल्लाको सरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड ६७ लाख ६ हजार रुपैयाँ बजेट ल्याएको छ । सातौँ गाउँसभा तथा बजेट अधिवेशनको दोस्रो दिन गाउँपालिका उपाध्यक्ष सुशिला रोकाय भामले उक्त बजेट सभामा पेश गरेसँगै सभाबाट सर्वसहमत पारित भएको पालिका अध्यक्ष विजय भण्डारीले बताएका छन् ।
प्रस्तुत बजेटमा आयतर्फको आन्तरिक आयतर्फ ८० लाख, राजस्व बाँडफाँडतर्फ आठ करोड ७३ लाख ९० हजार, संघीय सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरण ३३ करोड, प्रदेश सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरण ६ करोड १६ लाख र जिआईजेटबाट ७५ लाख रहेको छ । त्यस्तै व्ययतर्फको चालु खर्चतर्फ ३३ करोड ५१ लाख ९८ हजार ( ६७. ४८ प्रतिशत) र पुँजीगततर्फ १६ करोड १५ लाख आठ हजार ( ३२.५३ प्रतिशत ) रुपैयाँ छ ।