ट्रेण्डिङ

होमपेज / समाज

भकारी परियोजनाको पालिकास्तरीय परियोजना सम्पन्न

नेपालगाथा २०८० असार ६ गते बुधबार २०:४४:२३ मा प्रकाशित

सुर्खेत । युएसएआईडीको आर्थिक सहयोग मर्सिकोर नेपालको प्राविधिक सहयोगमा सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित भकारी परियोजनाको पञ्चपुरी नगरापालिकामा पालिकास्तरीय परियोजना समापन समारोह सम्पन्न भएको छ ।

सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित भकारी परियोजना पञ्चपुरी नगरपालिकाका ४ वटा वडाका १२ वटा समुदायमा सन् २०२० अक्टोबरदेखि परियोजना लागू भएको थियो । परियोजनाले कृषि तथा पोषण, विपद् जोखिम न्युनीकरण, उत्पादनमूलक पानी, लैंंगिक समानता र समावेशीकरण, आपतकालिन प्रतिकार्य लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो । 


भकारी परियोजना सुर्खेत जिल्लाका पञ्चपुरी नगरपालिकाका १२ वटा समुदाय, चौकुने गाउपालिकाका १२ वटा समुदाय र बराहताल गाउँ पालिकाका २३ वटा समुदाय गरी ४७ समुदायका ४ हजार ४ सय ९४ संकटासन्न घरधुरीहरुमा लागू गरिएको थियो । 

पञ्चपुरी नगरपालिकामा १२ वटा कृषि समूह मार्फत जिविकोपार्जन कार्यक्रम, १० वटा सिंचाई योजना निर्माण, १२ वटा सामुदायिक विपद् व्यवस्थापन समिति गठन, ६ वटा बायो इन्जिनियरि¨ कार्य र आपतकालिन प्रतिकार्यतर्फ कामका लागि नगद, मूल्य भौचर, विपद् संवेदनशील सामाजिक सुरक्षा लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको थियो । पञ्चपुरी नगरपालिकाका ४ वटा वडाका एक हजार २ सय ६२ घरधुरी समेटिएका छन् । 

पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीको अध्यक्षता र मर्सिकोर नेपालका कन्ट्री डाइरेक्टर क्रिस्टी गेटमेनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा हालसम्म भएका गतिविधिहरुको विवरण पालिकालाई हस्तान्तरण गरिएको थियो । साथै पालिकाको तर्फबाट प्रमुख र उपप्रमुखले हालसम्म भएका गतिविधिलाई निरन्तरता दिने र दिगो सञ्चालनका लागि सहयोग प्रतिवद्धता व्यक्त गरेका थिए । 

साथै यस पालिकाको समृद्धिमा टेवा दिएको भकारी कार्यक्रमको प्रशंसा गर्दै अगामी दिनमा पनि यस्तै परियोजना सञ्चालनका लागि आग्रह गरेका थिए । ५५ जनाको सहभागिता रहेको सो कार्यक्रममा सेवाग्राहीले कार्यक्रम प्रभावकारी भएको धारणा राखेका थिए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top