होमपेज / समाज
काठमाडाैं | प्रधानमन्त्री पुष्पकमल दाहालले योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका छन् ।
बुधवार काठमाडौंमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग र ध्यानको महत्व, परम्परा र विरासतलाई आत्मसाथ गरेर सरकारले प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्ने सरकारको तयारी रहेको बताए ।
प्रधानमन्त्री दाहालले योगसम्बन्धी नेपालले गरिरहेको अभ्यासको विश्वव्यापीकरणमा पर्याप्त ध्यान दिने हो भने नेपालमा योग पर्यटनमा गुणात्मक विकास गर्न सकिने बताए ।