ट्रेण्डिङ

होमपेज / समाज

नेपाल स्काउटको ७२औं स्थापना दिवस सम्पन्र

नेपालगाथा २०८० असार ५ गते मंगलबार २१:४०:१२ मा प्रकाशित

सुर्खेत । नेपाल स्काउट कर्णाली प्रदेशकाे ७२औं  स्थापना दिवस सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएकाे छ । कार्यक्रम कर्णाली प्रदेशसभाका सदस्य यामलाल कँडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको हाे ।

कार्यक्रमलाइ सम्वाेधन गर्दै प्रदेश सभा सदस्य यामलाल कँडेलले स्काउट मानव जीवनका लागि अनुशासन र व्यायाम दुवैका लागि निकै महत्वपूर्ण हुने बताउनुभयाे ।

साेही अवसरमा प्रदेश सभा सदस्य कँडेलले विभिन्र कार्यक्रममा सहभागी भई उत्कृष्ट स्थान ल्याउने विद्यार्थीलाई प्रमाण पत्र र पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमको सभाअध्यक्षता नेपाल स्काउट कर्णाली प्रदेश संयोजक कमल बोहराले गर्नुभएको थियो ।

यस अघि कार्यक्रम खुल्ला मञ्चबाट प्रभात फेरि शुरू गरेर जिल्ला समन्वय समितिकाे हलमा  पुगेर कार्यक्रममा परिणत भएकाे थियो । उक्त कार्यक्रममा सुर्खेतका ११ वटा विद्यालयका सयौ विद्यार्थी, कर्णाली ओपन स्काउट (क्रियु)का भोलेन्टियर युवा र स्काउट शिक्षकको उपस्थिति रहेकाे थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top