ट्रेण्डिङ

होमपेज / समाज

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम संसदीय समितिबाट सर्वमम्मतिले अनुमोदन

नेपालगाथा २०८० असार १ गते शुक्रबार १४:२५:०३ मा प्रकाशित

काठमाडौँ । प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम संसदीय सुनुवाइ विशेष समितिको शुक्रबारको बैठकले कार्कीको नाम अनुमोदन गरेको छ । योसँगै राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायधीश हुनेछन् । कार्की आगामी साउन २० देखि अनिवार्य अवकाशमा जाँदैछन् ।

पछिल्लो आठ महिनादेखि कार्यबाहक प्रधानन्यायाधीशको रुपमा सर्वोच्चको नेतृत्व गर्दै आएका कार्कीले प्रधानन्याधीशकै रूपमा भने छोटो समयमात्र काम गर्न पाउने भएका छन् । न्यायाधीश कार्की विरुद्ध २९ वटा उजुरी परेका थिए तर तीै सबै उजुरी गलत भएको निष्कर्षसहित समितिले कार्कीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top