ट्रेण्डिङ

होमपेज / समाज

अब २० रुपैयाँमा वीरेन्द्रनगर उपत्यका सरर

नेपालगाथा २०८० असार १ गते शुक्रबार १३:२४:३० मा प्रकाशित

सुर्खेत । वीरेन्द्रनगर उपत्यका पहिलो पटक माइक्रो बस सेवा शुरु भएपछि अब २० रुपैयाँमा नै उपत्यका घुम्न सकिनेछ ।  अब उपत्यकाका कुनै पनि स्थानबाट वीरेन्द्रनगर बजारमा पुग्नका लागि २० रुपैयाँ खर्च गर्नुपर्नेछ । शुक्रबार नगर माइक्रो बस सेवा उद्घाटन गर्दै नगर प्रमुख मोहनमाया ढकालले नगरबासीका लागि सेवा आरम्भ गरेकोमा खुसी व्यक्त गरिन् । नागरिकहरुको आवश्यकताअनुसार नगर माइक्रो बस सेवाले सुरक्षित र भरपर्दो सेवा प्रदान गर्नेमा विश्वस्त रहेको उनको भनाई छ ।

यात्रुहरुलाई सहुलीयत भाडादर २० रुपैयाँ कायम गरिएको छ । धुलियाविटदेखि बा‌ंगेशीमल पुग्दा पनि भाडा २० रुपैयाँ नै कायम गरिएको छ । बाँकी एक चोकबाट अर्को चोकसम्म पुग्न भाडादर २० रुपैयाँ नै कायम गरिएको सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले जानकारी दिए ।

मुख्यगरी फोरलेन सडकको धुलियाविटबाट मंगलगढी–यरिचोकहुँदै मुलपानी चोकदेखि प्रदेश अस्पताल भएर बाँगेशीमलसम्म पुग्नेगरी माइक्रो गाडी सञ्चालन गरिएको छ । सोही रुट भएर ति गाडीहरु पुनः धुलियाविट पुग्नेछन् । १० वटा माइक्रो गाडी १०–१० मिनेटको फरकमा छुट्नेछन् ।

यात्रुहरुकाे मागलाई मध्यनजर गर्दै छिट्टै नै मंगलगढी–काँक्रेविहार, मंगलगढी–एरपोट चोक–बामेखोला, मंगलगढी–गणेशचोक–आँखा अस्पतालचोकहुँदै कालिन्चोक–नेवारे पिपिरा, गणेशचोक–प्रदेश अस्पताल–बाँगेशीमल रुट थप गरिनेछ । साथै, गणेश चोक–कारागार–टेलिकमहुँदै कपासे रुट समेत थप गरिने अध्यक्ष सापकोटाले जानकारी दिनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top