ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेत उपत्यकामा नगर बस सञ्चालन हुने

नेपालगाथा २०८० जेठ ३२ गते बिहीबार १९:३१:२६ मा प्रकाशित

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले सहुलियत र सहज रुपमा यातायात सेवा प्रदान गर्नका लागि नगर बस सञ्चालन गर्न लागेको छ । असार १ गते शुक्रबार विहान ७ बजेदेखि सेवा सञ्चालन गर्न लागिएको सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले जानकारी दिए । उनले पहिलो चरणमा १० ओटा फोर्स गाडीबाट सेवा आरम्भ गर्न लागिएको बताए ।

‘शुरुवातमा धुलियाबाटदेखि फोरलेन सडकको मुलपानीबाट अनिवार्य प्रदेश अस्पतालसम्म पुगेर यात्रु झार्ने र पुनः कुमाईचोक निस्केर बांगेशीमलसम्म चल्ने रुट तय गरिएकाे सापकोटाले जानकारी दिए ।

अध्यक्ष सापकाेटाका अनुसार केही समयपछि यात्रुकाे मागलाइ मध्यनजर गर्दै अन्य रूटमा समेत बस सञ्चालन गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top